काठमाडौं, ७ भदौं–नेपाल आयल निगमले पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले सोमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ।

निगमले पेट्रोलमा २ रूपैयाँ बढाएर नयाँ मूल्य प्रति लिटर १ सय ३० रूपैयाँ पुर्‍याएको छ। यसैगरी, डिजलरमट्टीतेल प्रतिलिटर १ सय १३ रूपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ८६ रुपैयाँ बनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खाना पकाउने एलपी ग्यासमा निगमले फेरि २५ रूपैयाँ बढाएर १ हजार ४ सय ५० पुर्‍याएको छ। यसअघि पनि निगमले एलपी ग्यासको मूल्य २५ रूपैयाँ बढाएको थियो। अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर १७ अमेरिकी डलरले बढाएर ७ सय ७० अमेरिकी डलर पुर्‍याएको छ।