नेपाली बजारमा फेरि सुनकाे मूल्य बढेकाे छ । प्रति ताेलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे साेमबार सुनकाे मूल्य ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुनकाे मूल्य ९१ हजार १०० रुपैयाँ रहेकाे छ ।
सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । मंगलबार प्रति ताेलामा १० रुपैयाँले बढी एक हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।



