मोरगको पथरी शनिश्चरे नगरपालिकाको बिबाद मिलाउनका लागि सर्वदलिय बैठक बसिरहेको छ । वाड नं. ९ मा नेकपा एमालेका अध्यक्षका उम्मेद्वार भानु राइले जित हासिल गरेको भनेर सार्वजनिक भएपछि काँग्रेसले यसको बिरोध गरेको हो ।
काँग्रेसका अध्यक्ष उम्मेद्वार बीरबहादुर राइलाइ हराउन खोजिएको भन्दै काँग्रेस बिबाद निकालेपछि हिजोदेखि मतगणना नै रोकिएको छ । साथै एमाले बाहेकका दलहरु पनि बिरोधमा रहेको जनाइन्छ ।




