तेह्रथुम पावर कम्पनी लिमिटेडले आज बुधबार भदौ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि ४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गरिसकेको छ। हाल दोस्रो चरणमा बिक्रीमा ल्याएको आइपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कम्पनीले बिक्रीमा ल्यएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गेरको शेयरमा भदौ १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म म्याद थप हुने बिक्री एनआईविएल एस क्यापिटलले जनाएको छ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको जनाउँदछ । इक्रा नेपालले कम्पनीको आईपीओलाई सन् २०२१ जनवरी ४ मा ग्रेड प्रदान गरेको थियो। उक्त ग्रेडिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।