असार १४ गते सम्पन्न स्थानीय तहको मत गणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार १, ५ र ७ नम्बर प्रदेशका ३ सय ३४ स्थानीय तहको मतगणनामा एमालेले अग्रता लिएको छ ।
१ महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका गरी १३७ वटा स्थानीय तह रहेको प्रदेश नम्बर एकमा १४ जिल्ला रहेका छन् ।
झापा, मोरङ, इलाम, धनकुटा,सुनसरी, तेह्रथुम, पाँचथर, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा जिल्लामा कुल स्थानीय तहको संंख्या १३७ स्थानीय तह रहेको छ । जहाँ ७ हजार ८५९ जनप्रतिनिधि चयन हुने छन् ।
एक नम्बर प्रदेशको पछिल्लो मतपरिणाम अनुसार एमालेले अग्रता लिएको छ । प्रदेश नम्बर एकमा एमालेले अहिलेसम्म ४८ स्थानीय तहमा जीत निकालेको छ । नेपाली कांग्रेसले ३२ स्थानीय तहमा जीत निकालेको छ ।
एक नम्बर प्रदेशमा नेपाली कांग्रेसले जितेको ३२ स्थानीय तह यी हुन्
– तुम्वेवा गाउँपालिका, पाँचथर – फाल्गुनन्द गाउँपालिका, पाँचथर – फिदिम नगरपालिका, पाँचथर – फालेलुङ गाउँपालिका, पाँचथर
– मेरिङदेन गाउँपालिका, ताप्लेजुङ – त्रिवेणी आठरार्इ गाउँपालिका, ताप्लेजुङ – सिरिजंघा गाउँपालिका, ताप्लेजुङ – सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ
– रोङ गाउँपालिका, इलाम – माक्सेबुङ गाउँपालिका, इलाम – फाकफोकथुम गाउँपालिका, इलाम
– चिचिला गाउँपालिका, संखुवासभा – भोटखोला गाउँपालिका, संखुवासभा – सिलिचोङ गाउँपालिका, संखुवासभा – धर्मदेवी गाउँपालिका, संखुवासभा – पाँचखपन गाउँपालिका, संखुवासभा
– लालीगुँरास नगरपालिका, तेह्रथुम![]()
– भोजपुर नगरपालिका, भोजपुर – अरुण गाउँपालिका, भोजपुर – साल्पासिलिछो गाउँपालिका, भोजपुर – षडानन्द नगरपालिका, भोजपुर
– हलेसी तुवाचुङ नगरपालिका, खोटाङ – दिप्रुङ गाउँपालिका, खोटाङ – ऐंसेलुखर्क गाउँपालिका, खोटाङ – बराहपोखरी गाउँपालिका, खोटाङ
– सोलुदूधकुण्ड गाउँपालिका, सोलुखुम्बु
– चम्पादेवी गाउँपालिका, ओखलढुंगा – सुनकोशी गाउँपालिका, ओखलढुंगा – खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा – मानेभन्ज्याङ गाउँपालिका, ओखलढुंगा
– रतुवामार्इ नगरपालिका, मोरङ – लेटाङ नगरपालिका, मोरङ









