झापा दमकको वडा नं. ३ मा नबिन बराल बिजयी भएकाछन् । केहि समयअघि मात्र मतगणना सम्पन्न भएको हो । औपचारिक घोषणाको तयारी भइरहेको बताईएको छ ।
युवा संघका जिल्ला सदस्य रहेका बराल त्यस क्षेत्रमा टोल बिकास संस्था लगायतका सामाजिक संघसंस्थाहरुमा आबद्ध रहेका थिए ।
बरालले प्यानल सहित नै बिजय हासिल गरेका हुन् । त्यहाँ एमालेले उम्मेद्वार नदिएको भन्दै स्वतन्त्र उम्मेदवार समेत घोषणा भएकाले बराललाइ वडाध्यक्ष बन्न चुनौती रहेको बताईदै आएको थियो । उनले फराकिलो मतान्तरले नै काँग्रेसका उम्मेदवारलाइ हराएकाछन् ।



