झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं. १, ६ र ७ को गणना सम्पन्न हुँदा गाउँपालिका अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको झिनो मतान्तर रहेको छ ।
एमालेका उम्मेदवारले २३७० मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवारले २३६६ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रको ६०४ मत मात्र रहेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
जसअनुसार वडाध्यक्षमा शम्भूप्रसाद पौडेलले ६३४ मत प्राप्त गरी विजयी बने । यसैगरी, महिला वडासदस्यमा टिका गौतमले ६७७, दलित महिला वडासदस्यमा रेखा सार्कीले ६६३, खुल्ला वडासदस्यमा तेजबहादुर लामाले ६११ र लेखनाथ निरौलाले ६२८ मत प्राप्त गरी विजयी बनेका छन् ।
हालसम्म वडा नं. १, ६ र ७ को परिणाम घोषणा भइसकेको छ । एक–एकवटा वडामा एमाले, कांग्रेस र माओवादीले जीत हासिल गरेका हुन् ।



