नेपाल राष्ट्र बैंकले बजार महँगी २.५५ प्रतिशतले घटेको बताएको छ । बिहीबार गत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक रिर्पोट सार्वजनिक गरेको बैंकले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ को मुलुकको उपभोक्ता मुद्रास्फीति अर्थात् बजार महँगी २.५५ प्रतिशतले घटेको बताएको हो ।

बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा ६.१५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षमा ३.६० प्रतिशतमा सीमित भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७.५४ प्रतिशत, १०.६५ प्रतिशत, ९.८३ प्रतिशत र ६.४१ प्रतिशत रहेको छ ।

बैंकका अनुसार २०७७ असारसम्ममा मुलुकको उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेकोमा वार्षिक विन्दुगत रुपमा गत २०७८ असारमा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशत रहेको छ । जबकी अघिल्लो वर्ष यस्तो मुद्रास्फीति अधिकतम ८.१६ प्रतिशत रहेको बैंकले जनाएको छ ।

यस्तै, गैर–खाद्य तथा सेवा मुद्रास्फीति समिक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा २.१ विन्दुले घटेर २.५१ प्रतिशतमा झरेको बैंकको रिर्पोटले देखाएको छ ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौंमा ३.३३ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ३.८७ प्रतिशत र हिमालमा २.८७ प्रतिशत रहेको बैंकले जनाएको छ ।

तर, यस्तो मुद्रास्फीति भारतको तुलनामा नेपालमा १.४ विन्दुले नै कमी रहेको देखाउँदै बैंकले कोभिड–१९ कैबीच पनि महंगी थामिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah