काठमाडौं / एकसमयकी चर्चित अभिनेत्री निरुता सिंहलाई दर्शकहरुले पर्दामा हेर्न नपाएको पनि अहिले लामो समय भइसकेको छ । २०२९ साल असोज १० गते भारतको दार्जलिङ्गमा जन्मिएकी निरुता सिंह सोमबारबाट ४४ बर्षमा लागेकी छिन् । सन् १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी निरुताले त्यसपछिका एक दशक नेपाली चलचित्रमा एकछत्र राज गरिन् । उनले अभिनय गरेका मनमन्दिर, दर्पण छाँया, बन्धकी, दुई किनारा, दुख, आमाको काख, आफन्त, माइती, माइली, सन्तान थरी थरीका, लहना लगायतका दुई दर्जन बढी चलचित्रहरु सुपरहिट छन् । सुन्दर र भलाद्मी नायिकाको उपमा पाएकी निरुता सिंह पछिल्लो समय भारतमा बस्दै आइरहेकी छिन् । चलचित्र खेल्न छाडेर उनी लामो समयदेखि मुम्बईमा इन्टेरियर डिजाइनको काम गर्दै आएकी छन्। उनलाई निर्देशक तुलसी घिमिरेले चलचित्र ‘दर्पण छाँया २’ बाट पुन कमब्याक गराउन नखोजेका होइनन् तर कार्यव्यस्तताका कारण निरुताले उक्त चलचित्रमा काम गरिनन् ।
४४ बर्षकी भइन् निरुता सिंह, अझै पनि किन छिन् अविवाहित
सवाल नेपालसंवाददातामंगलबार, ३१ असोज २०७३

४४ बर्षकी भइन् निरुता सिंह, अझै पनि किन छिन् अविवाहित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



