साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको डेढ घण्टामै जीवन विकास लघुवित्तको करिब १ लाख कित्ता शेयर खरिद विक्री भएको छ । जीवन विकास लघुवित्त वित्तिय संस्थाको ९८ हजार ३ सय ९७ कित्ता शेयर खरिदबिक्री भएको हो ।

सो कित्ता शेयर खरिदबिक्री हुदाँ ५० करोड ८३ लाख रुपयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य ०.११ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ५ हजार १ सय ९३ पुगेको छ ।

मार्केट डेपमा कम्पनीको २७ हजार ४ सय ६६ कित्ता खरिदबिक्री भएको छ भने आज बिक्री माग ११ हजार ५० रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर