आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ९१ हजार ६०० रुपैयाँमा नै कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।