
पोष्टापोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेड फर्किएको घोषणा गरेको पोष्टले १ करोड २९ लाख बढी लाइक पाएको छ । म्यानचेस्टर युनाइटेडले इन्टाग्राममा गरेको पोष्टले सो लाइक पाएको हो ।
योसँगै म्यान्चेस्टर युनाइटेडको इन्सटाग्राम पोस्ट खेलकुद टोलीले पाएको मध्ये सबैभन्दा धेरै लाइक पाउने कीर्तिमान बनेको छ । यसअघि पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सी क्लबमा आबद्ध भएको घोषणा गरेको पोस्टले ७८ लाख १९ हजार बढी लाइक पाएको थियो ।
तर, सबैभन्दा चर्चित खेलकुदको फोटोको कीर्तिमान भने लियोनेल मेस्सीको नाममा रहेको छ । मेस्सीले सन् २०२१ को जुलाईमा कोपा अमेरिकाको ट्रफीसँग खिचेको पोस्टले २ करोड १९ लाख ३५ हजार बढी लाइक पाएको थियो ।
दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डोले म्याराडोनाको सम्झनामा पोस्ट गरेको फोटो रहेको छ । सन् २०२० को नोभेम्बर २५ मा पोस्ट गरिएको फोटोले १ करोड ९८ लाख लाइक बटुलेको थियो ।
तेस्रो स्थानमा लियोनेल मेस्सीले म्याराडोनाको सम्झनामा पोस्ट गरेको फोटो रहेको छ । यसमा १ करोड ६ करोड लाइक आएको थियो ।