
कमल गाउँपालिका ५ निवासी नेपाली कांग्रेसका युवा नेता शेर बहादुर श्रेष्ठले आसन्न महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीको वर्तमान क्षेत्रीय सदस्य समेत रहेका श्रेष्ठले पार्टी संगठनमा काम गर्न क्षेत्रीय प्रतिनिधि हुँदै थप जिम्मेवारी सम्हाल्न आफनो दावी प्रस्तुत गरेका हुन् । लामो समयदेखि पार्टी गतिविधिमा क्रियाशील रहिआएका उनले पार्टीमा काम गर्नका लागि आफूले आकांक्षी लिएको भन्दै सहयोगका लागि आग्रह समेत गरेका छन् ।
पाडाजुंगी स्थायी घर भएका शेर बहादुर श्रेष्ठ, कन्काई बबई निर्माण सेवा को प्रोपाईटर, चन्द्र दर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष पदमा रहेर पार्टी गतिविधिमा क्रियाशील छन् ।
आफूले कुनै गुटउपगुट भन्दा माथि उठेर पार्टीमा योगदान पुर्याउनका लागि जिम्मेवारी लिन चाहेको सुनाए । उनले भने, “मलाई अवश्य पार्टीका सवै कार्यकर्ताहरुको सहयोग प्राप्त हुन्छ भन्ने विश्वास छ।” पार्टी विधान अनुसार कमल ५ बाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने छन् । वडामा १९५ जना क्रियाशील सदस्य छन् ।
क्रियाशील सदस्य संख्याका आधारमा वडाबाट ६ खुल्ला, ३ महिलासहित आदिवासी,जनजाति आरक्षित गरि १५ जना क्षेत्रीय प्रतिनिधि चुनिने पार्टी वडा सभापति एकराज प्याकुरेलले जानकारी दिए ।