कमल गाउँपालिका ५ निवासी नेपाली कांग्रेसका युवा नेता शेर बहादुर श्रेष्ठले आसन्न महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको वर्तमान क्षेत्रीय सदस्य समेत रहेका श्रेष्ठले पार्टी संगठनमा काम गर्न क्षेत्रीय प्रतिनिधि हुँदै थप जिम्मेवारी सम्हाल्न आफनो दावी प्रस्तुत गरेका हुन् । लामो समयदेखि पार्टी गतिविधिमा क्रियाशील रहिआएका उनले पार्टीमा काम गर्नका लागि आफूले आकांक्षी लिएको भन्दै सहयोगका लागि आग्रह समेत गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाडाजुंगी स्थायी घर भएका शेर बहादुर श्रेष्ठ, कन्काई बबई निर्माण सेवा को प्रोपाईटर, चन्द्र दर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष पदमा रहेर पार्टी गतिविधिमा क्रियाशील छन् ।

आफूले कुनै गुटउपगुट भन्दा माथि उठेर पार्टीमा योगदान पुर्याउनका लागि जिम्मेवारी लिन चाहेको सुनाए । उनले भने, "मलाई अवश्य पार्टीका सवै कार्यकर्ताहरुको सहयोग प्राप्त हुन्छ भन्ने विश्वास छ।" पार्टी विधान अनुसार कमल ५ बाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने छन् । वडामा १९५ जना क्रियाशील सदस्य छन् ।

क्रियाशील सदस्य संख्याका आधारमा वडाबाट ६ खुल्ला, ३ महिलासहित आदिवासी,जनजाति आरक्षित गरि १५ जना क्षेत्रीय प्रतिनिधि चुनिने पार्टी वडा सभापति एकराज प्याकुरेलले जानकारी दिए ।