काठमाडौं । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा ३ सय ३४ स्थानिय तह मध्ये २ सय ५७ स्थानको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमालेको अग्रता नै कायम रहेको छ ।
एमालेले सय भन्दा बढी स्थानमा जीत हाँसिल गरेको छ । साँझ ६ बजेसम्म एमालेले १ सय १३ स्थानमा जितेको छ । कांग्रेसले ९९ स्थानमा जितेको छ । माओवादीले ३२ स्थानमा जित हाँसिल गरेको छ ।
राष्ट्रिय जनमोर्चाले २, संघीय समाजवादी फोरम र नयाँशक्ति गठबन्धनले ६, फोरम लोकतान्त्रिकले ४, राष्ट्रिय जनमोचाले २ र राप्रपाले एक स्थानमा विजयी हाँसिल गरेको छ । प्रदेश नम्बर १ मा एमाले बलियो देखिएको छ । प्रदेश नम्बर ५ मा कांग्रेस एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ भने ७ मा कांग्रेसले अग्रता लिएको छ ।
अधिकांस ठाउँको मतपरिणाम आइसकेको छ । बाँकी रहेका ठाउँमा मतपरिणाम मंगलबारसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।



