गौरीगँज वडा नँ ३ मा  नेपाली काँग्रेसको पुरै प्यानल विजय भएको छ ।  नेकाका मखना महतोले ६६१ मत प्राप्त गरी विजय हासिल गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका निलहरी काफ्लेले ५६४ मत प्राप्त गरेका छन् ।

त्यसै गरी महिला सदस्यमा नेका कि सरिता शेर्पाले ६३० मतले विजयी भएकि छन् भने उनका निकटतम प्रतिसपर्धी एमाले कि देवीमाया खतिवडा ले ५१६ मत पाएकि छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दलित महिला सदस्यमा नेका कै सोमनीदेवी पासवानले ५७७ मतले विजयी भएकि छन् भने उनलाई एमाले कि मीना पासवानले ४९६ मतले पछ्याएका छन् ।

त्यसै गरी खुला सदस्यमा नेका कै भवेश दासले एकल रुख चिन्हमा ५३५ मत पाएर विजयी भएका छन् भने डवल रुख चिन्हमा नेका कै हेमा आचार्यले ७१५ मत ल्याएर विजयी भएकि छन् ।गौरीगन्ज खबर