साझा मञ्च डट कम दमकका सम्पादक गोपाल काफ्ले सम्मानित भएका छन् । झापाको दमकमा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभाले काफ्लेलाई सम्मान गरेको हो । यसैबीच डाँफे बचत तथा ऋण सहाकारी संस्थाको १४ साधारणसभा आइतबार सम्पन्न भएको छ ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा दमक ५ स्थित रोयल पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा समितिका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालक समितिका सचिव लिलानाथ खनालले सञ्चालन गर्नुभएको थियो भने संस्थाका अध्यक्ष न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी लेखा समितीको प्रतिवेदन लेखा समिती संयोजक हेमचन्द्र खनालले प्रस्तुत गर्र्नुभएको थियो । त्यसैगरी संस्थाले उत्कृष्ट कर्मचारी , उत्कृष्ट बचतकर्ता , उत्कृष्ट असल कारोबार गर्ने सदस्यहरुलाई समेत सम्मान गरेको छ ।

दमक ५ मा कार्यालय रहेको डाँफे बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोडका अरनिको बचत तथा ऋण सहकारी संस्था र त्रिशक्ति बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण गरेको छ । हाल ४ वटा साखाबाट कारोबार गर्दै आएको र आगामी दिनमा शाखा विस्तार गर्दै जाने योजना रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय