अनौठा कुरा

अस्पतालमा देखेको यो रिपोर्टले डाक्टरहरु नै छक्क


  काठमाडौं   सवाल नेपाल   २०७८ भाद्र २२, ११:४३

एड्स रोगीमा संक्रमणको असरबारे भारतको राम मनोहर लोहिया अस्पतालमा गरिएको अध्ययनको नतिजा आश्चर्यजनक आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमण भए पनि यसका कारण एड्स रोगी मृत्यु हुने दर एकदमै कम ०.०२५ प्रतिशत देखिएको हो। दिल्लीमा संक्रमितको कूल मृत्यु दर भने १.७५ प्रतिशत छ। यस विषयमा चिकित्सकसमेत चकित परेका छन्। भाइरसको व्यवहार अझै रहस्यमय देखिएको उनीहरूको भनाइ छ।

धेरैजसो चिकित्सक भाइरसबारे अझै विस्तृत अध्ययनको खाँचो औंल्याउँछन्। यसपछि मात्र एड्स रोगीमा कम असर गरेको कुरा पत्ता लाग्ने उनीहरूको भनाइ छ।

यसअघिको अध्ययनले संक्रमणबाट त्यस्ता व्यक्तिलाई बढी जोखिम हुने देखाएको छ, जो पहिले गम्भीर रोगले ग्रस्त छन्। यस्तै एड्सजस्ता रोग प्रतिरोधक क्षमता नष्ट पार्ने रोग भएका मानिसलाई पनि जोखिम निकै हुने अध्ययनले देखाएको थियो।

तर माथि उल्लिखित अस्पतालको डेथ कमिटीको रिपोर्टअनुसार एचआईभीको उपचार गराइरहेका झन्डै ८ हजार बिरामीमध्ये ४ हजार ५०० जनलाई संक्रमण भएको थियो। यिनीहरूमा संक्रमण दर ५० प्रतिशत नजिक पुगिसकेको थियो। पूरै दिल्लीको संक्रमण दर भने ३५ प्रतिशत थियो।

चिकित्सकका अनुसार सामान्य मानिसको तुलनामा एड्सका बिरामी धेरै जना संक्रमित भएका थिए, तर उनीहरू मृत्युको जोखिमसम्म पुगेनन्। दिल्लीमा अहिले पनि संक्रमितको मृत्यु दर १.७४ छ। संक्रमण तीव्र भएका बेला त यसको दर १० प्रतिशतसम्म पुगेको थियो। यसको उल्टो एड्स बिरामीमा भने यसको प्रतिशत ०.२५ रह्यो। जम्मा २ जनाको कारण मृत्यु भयो।

यसबाट एड्स रोगीमा महामारीको धेरै प्रभाव नपरेको देखिएको चिकित्सकको भनाइ छ। आरएमएल अस्पतालका मेडिसिन विभागका डा. पुलिनकुमार गुप्ताका अनुसार सुरुमा एड्स रोगीमा बढी जोखिम देखिएको थियो र मृत्यु दर पनि धेरै हुने अनुमान गरिएको थियो। तर त्यस्तो भएन।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार