काठमाडौं। नेपालगञ्ज उपमहानगरको मेयरमा राप्रपाका धवल शमसेर राणा र उपमेयरमा नेपाली काँग्रेसकी उमा थापा मगर बिजयी भएका छन्। रणाले नेपाली काँग्रेसका सुरेश कुमार कनोडियालाई पराजित गरेका हुन् भने मगरले राप्रपाकी रमारानी देवीलाई पराजित गरेकी हुन्।

राणाले १२, ५१५ मत पाएका थिए भने उनका निकट्तम प्रतिद्वन्दी कनोडियाले ८७३० मत पाएका थिए। स्थानिय माझ लोक्प्रिय राणाको मेयरका रुपमा यो दोस्रो कार्यकाल हुने छ। यसअघि एमालेबाट प्रत्यासी भएर मेयर बनेका राणाले दो्स्रो पारी राप्रापाबाट शुरु गरेका छन्।

दोस्रो संविधान सभामा नेपाली कांग्रेसका तत्कालिन सभापति स्व. सुशिल कोईरालासँग पराजित भएका राणाले मेयरमा पनि नजित्ने आंकलन राजनीतिक बृतमा गरिएको थियो। उनले सबैको आंकलन बिपरित बिजय प्राप्त गर्दा स्थानीय राजनैतीक दलहरुमा घात-अन्तरघातको चर्चा चल्न थालेको छ।

यस अघि मेयर हुँदा जनताले सम्झन लायकका कामहरु गरेका हुनाले उनले बिय प्राप्त गरेको अर्काथरी स्थानियको बिश्लेषण रहेको छ। राणाको आफ्नो ब्यक्तिगत छवीका ाकरणले उनी बिजयी भएका हुन् । उनले आफनै पार्टीकी उम्मेद्वारकालागि मत तान्न सकेनन्।

उपमेयरमा नेपाली काँग्रेसकी उमा थापामगरले १०, ७३१ मत ल्याएकी छिन्। उनकी निकट्तमा प्रतिद्वन्दी रमारानी देवीले ८,९२४ मत पाएकी छिन्। मेयरममा ३७८५ मतले बिजयी राप्रपा उपमेयरमा १८०७ मतले पराजित भएको हो।

यही मतबाट प्रष्ट हुन्छ नेपालगञ्जमा राप्रपाको भोट भन्दा पनि धवल शमसेर राणाको मत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah