इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकामा एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

जेलको ब्लक सीमा आगो लागेको थियो जसमा १२२ कैदी राखिएका थिए जबकी यसको क्षमता ४० जनाको मात्रै हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टेंगरेंग जेलमा यो दुर्घटना बुधबार बिहान १ देखि दुई बजेबीच भएको हो ।

यी कैदी लागुऔषधसँग सम्बन्धित मामिलाका कारण बन्द थिए ।

यो दुर्घटना दर्जनौं घाइतेसमेत भएका छन् । उनीहरुलाई आइसीयूमा भर्ना गरिएको छ ।

जेलकी प्रवक्ता रिका अप्रियान्टीले आगलागीको कारणबारे पत्ता लगाउन अनुसन्धान थालिएको जानकारी दिइन् ।

रातोपटि बाट सवार