प्रदेश १

उद्धघाटन भएको दुई बर्षमा पनी सञ्चालनमा आएन स्वास्थ्यचौकी भवन


  तेह्रथुम   प्रकाश पाक्साँवा   २०७८ भाद्र २५, ११:५४

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका ४ मा रहेको फाक्चामारा स्वास्थ्यचौकीको भवन उद्धघाटन भएको दुई वर्ष वित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन।

राज्यको करोडौँ लगानीमा निमार्ण भएको भवन सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रका स्थानीयहरु पुरानै भवनबाट सेवा लिन बाध्य छन् । भवन निमार्ण सम्पन्न भए सँगै २०७६ साल पुष २६ गते छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले उद्धघाटन गरेको दुइतले पक्की भवन यतीबेला झार जंगलले ढाकेको छ । सञ्चालनमा नआएपछि भवनका भौतिक संरचनाहरु विग्रीन थालेका छन्।

हिमालयन ओम जेबी निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गरी दुई वर्ष अघी हस्तान्तरण गरेको थियो । भवन उद्धघाटन भएको २ वर्षपुग्न लाग्दासम्म सञ्चालनमा आउन नसकेको स्थानीय निरोज निरौलाले बताए । शहरी बिकास मन्त्रालयको १ करोड ३९ लाख लागनीमा निमार्ण गरिएको भवन कोरोना महामारीको समयमा समेत सञ्चालनमा नआउँदा सेवा लिन समेत समस्या भएको स्थानीय मदन फुयलको दुखेसो छ।

छथर गाउँपालिकाको वडा नं २,३,४ र ५ का सर्वसाधारणहरुले सो स्वास्थ्यचौकीबाट सेवा लिँदै आएका छन् । सेवा लिने भवन भएर पनी सञ्चालनमा आउन नसक्दा समस्या ज्युँ का तिउँ नै रहेको स्थानीय बताउँछन् । यता छथर गाउँपालिका ४ का वडाध्यक्ष उपेन्द्र लिम्बुले भने बजेट बिनीयोजनमा शिर्षक नमिलेका कारण समस्या भएको बताउनुभयो।

सबै वर्ग समुदायका मानिसले पहिलो सेवा लिने स्वास्थ्य संस्थाको भवन भएर पनि सञ्चालनमा आउन नसक्नु दुखद् कुरा हो । राज्यको करोडौँ लगानीमा निर्माण भएको भवन सञ्चालनका लागि स्थानीय सरकारको ध्यान जान आवश्यक देखिन्छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार