काठमाडौ, २ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय नेताले नै देश टुक्रिने चेतावनी दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद फरमुल्लाह मन्सुरले ब्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै देश टुक्रिने चेतावनी दिएका हुन् । ब्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै मन्दसुरले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश टुक्रिएजस्तै हुने चेतावनी दिए । पाकिस्तानमा मुस्लिम समुदायले अधिकार माग्दा नपाएकै कारण देश टुक्राउएको स्मरण गराउँदै कांग्रेस नेता मन्सुरले नेपालमा पनि मधेसी, मुस्लिम र थारु समुदायका माग सम्बोधन नभए देश टुक्रिने दाबी गरे । असन्तुष्ट पक्षको माग सम्बोधन गर्न तत्काल संविधान संशोधन गर्नुपर्नेमा जोड दिँदै उनले संविधान संशोधन नभई कुनै पनि तहको निर्वाचन हुनै नसक्ने बताए । आफूहरुले रिजर्भेसन राखेर संविधानमा सहि गरेको स्मरण गराउँदै मन्सुरले संविधान ९० प्रतिशतले जारी गरेको भन्ने तर्क पनि गलत भएको दाबी गरे । मन्सुर नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनी मुस्लिम कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
कांग्रेस नेताले नै दिए देश टुक्रिने चेतावनी
सवाल नेपालसंवाददातामंगलबार, ३१ असोज २०७३

कांग्रेस नेताले नै दिए देश टुक्रिने चेतावनी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



