दमक/ झापाको दमकमा नेपाली काँग्रेसको चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस दमकको भदौ २७ गते हुन गईरहेको नगर अधिवेशनको निर्वाचनमा उम्मेद्वारी घोषणा हुन थालेको छ । यसै क्रममा देउवा ईतर (पौड्याल/सिटौला/कोइराला) को प्यानल दाबी सहित प्रकाश प्रशाई सभापति सहित पदाधिकारी प्यानल घोषणा भएको हो । प्रशाई वर्तमान दमक नगर सचिव हुन् भने दमक उद्योग बाणिज्य संघमा लामो कार्यकाल काम गरेका ब्यवसायी पनि हुन् । उनले लामो समयदेखि नै काँग्रेस सभापतिको तयारी गर्दै आएका थिए ।
प्रसाई नेतृत्वको समूहले उपसभापतिद्वयमा युवराज (सागर) खनाल र मीना कोइराला , सचिवद्वयमा नवराज ढकाल, दिनेश अग्रवाल,सहसचिवमा नवराज न्यौपाने र मणि लिम्बूलाई अघि सारेको छ। विद्यार्थी तथा युवा संगठनमा अनुभव लिएका युवाहरुको टिमलाई उनले अघि सारेकाछन् । नगर निर्वाचनमा वडाबाट निर्वाचित वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्न पाउने छन् । यसले गर्दा उम्मेद्वारहरुले आफ्नो मतको आँकलन गर्दै आएकाछन ।
पार्टीलाई चलायमान बनाउने तथा सुदृढिकरण गर्ने मुख्य उदेश्य आफुहरु रहेको प्रशाईले बताएकाछन् । पार्टीका नेता तथा कार्यकर्ताको माग र सोच अनुसार काम गर्ने आत्मविश्वास एवं भिजन सहित हामी अघि आएका हौ, प्रशाईले भने । दमकमा काँग्रेसलाई हरेक क्षेत्रमा एक नम्बर बनाउने दायित्व हामीमा छ र त्यो दायित्व पुरा गर्छौ, उनले भने ।



