झापाको गौरीगन्ज गाँउपालिकामा राप्रपाबाट अध्यक्षका उम्मेदवार बाबुराज श्रेष्ठ बिजयी भएकाछन् । उनले प्रतिस्पर्धामा आएको माओबादी केन्द्रलाइ हराउदै जित हासिल गरेकाहुन ।
वास्तविक हिरोको खेल अन्तिम हुन्छ भने झै लगातर चौधो स्थानमा रहदै आएका श्रेष्ठ अन्तिम अवस्थामा माओबादी काँग्रेस र एमालेलाइ हराउदै जित हासिल गर्न सफल बनेका हुन् ।
श्रेष्ठ गौरीगन्जका पुराना ब्यवसायि हुन् । उनि गौरीगन्न उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् । श्रेष्ठ स्थानीय स्तरमा लोकप्रीय रहेकाले नै जित हासिल गरेको बताईएको छ ।
काँग्रेसको बर्चश्व मानिएको यस क्षेत्रमा राप्रपाले शानदार जित हासिल गरेको हो । यो संगै राप्रपाले झापामा अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तह जित्ने पार्टीको रुपमा लिड गरिरहेको छ । ३ वटा स्थानीय तह राप्रपाले जितिसकेको छ ।



