मोरङ । मोरङको बुढीगंगा गाँउपालिका– ३ मा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका घर भएकी ३० वर्षीया चन्द्रकला राईको बिहीबार भएको कार दुर्घटनामा मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।

उनका अनुसार चन्द्रकला सवार बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भएर कोशी राजमार्ग अन्तर्गत बुढीगङ्गा–३ मा दुर्घटनामा परेको थियो। बेलबारीबाट विराटनगरतर्फ जाँदै गरेको कार सडकमा रहेको बिजुलीको खम्बामा ठोक्किँदा बिहान साढे ११ बजे दुर्घटना भएको थियो।

दुर्घटनामा कार चालक बेलबारी –१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएका छन्। घाइते सबैको विराटमा उपचार भइरहेको छ।