दमक । प्रेस संगठन नेपाल झापाले संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही अभियानअन्तर्गत संगठनले माईपश्चिममा तदर्थ समिति गठन गरेको छ।

पत्रकार डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित समितिको सहसंयोजकमा लोकनाथ रिजाल रहेका छन् । सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे गोविन्द ल्वागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि विमल लामिछानेले संगठनले नगठित समितिलाई पत्रकारको क्षमता विकासका लागि काम गर्न निर्देशन दिए । समिति गठनमा संगठनका प्रदेश उपाध्यक्ष डण्डिराज घिमिरे, संगठनका जिल्ला संयोजक झुलन रेग्मी, सचिव डिकेश लामालगायतको उपस्थिति रहेको थियो।