समाज

झापाको नदी खोलामा उत्खनन् गर्न नपाइने


  jhapa   रासस   २०७८ आश्विन १, १६:३४

झापा । झापाको मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले आज सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो।

विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महिनामा मात्र सो कार्यमा रोक लगाउँदै आएको नगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्काे सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताउनुभयो।

उहाँले नदीजन्य पदार्थ उत्खनन नभए नभएबारे अनुगमन गर्न १५ वटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई समेत आग्रह गरेको छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार