प्रदेश १ मा गत २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ८ सय ५७ जनाको पीसीआर परीक्षणमा १ सय ९८ र ६ सय १६ जनाको एन्टिजेन परीक्षणमा १ सय १७ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १ सय, सुनसरीमा ६४, झापामा १७, धनकुटामा ९, भोजपुर र तेहृथुममा समान २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ५७, बेलबारीमा १०, बुढीगंगामा ९, सुन्दरहरैचामा ७, ग्रामथानमा ४, कानेपोखरीमा ३, कटहरी, केराबारी र मिक्लाजुङमा समान २, सुनबर्षी, उर्लाबारी, रंगेली र रतुवामाईमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, सुनसरीको इटहरीमा ३७, धरानमा १६, इनरुवामा ५, रामधुनीमा ४, बराहक्षेत्र र स्थानीय तह नखुलेका समान १, झापाको भद्रपुरमा ६, दमकमा ४, मेचीनगरमा २, अर्जुनधारा, विर्तामोड, हल्दिबारी, कनकाई र झापा गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयले पहाडीक्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, चौवीसे, पाख्रिबास, सहिदभूमि र छथर जोरपाटीमा समान १, भोजपुरको भोजपुर नगरपालिका र तेहृथुमको म्याङलुङमा समान २, संखुवासभाको पाँचखपनमा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ।

यसैगरी, प्रदेशमा शुक्रबार ३ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ९६ महिला र १ सय ८४ पुरुष छन्। मन्त्रालयले गत २४ घण्टामा कोरोना संक्रमणबाट ३ महिला र ३ पुरुष गरी कुल ६ जनाको मृत्यु भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय