मादी नगरपालिकामा भएको हत्याकाण्डमा संमलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

लोकबहादुरका भाइ नरेश समेत प्रहरी नियन्त्रणमा छन्। ह,’त्यामा सं,’लग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य ४ जनामाथि प्रहरीले अनुसन्धान थालेको छ। भदौ २१ गते बिहान लोकबहादुरले ६ जनाको ह,’त्या गरेको बताइएको छ। लोक बहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हत्यामा संमलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य ४ जना माथि समेत प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले ती ४ जनाको नाम भने खुलाएको छैन। प्रहरीले मृतक रञ्जनाको हराएको मोबाइल लोकबहादुरको घरमा फेला पारेपछि अनुसन्धान लोकबहादुर र उनका भाइ नरेशमाथि केन्द्रित भएको छ।

लोकबहादुर र उनका भाइ नरेशसँगको ब,’यानका आधारमा प्रहरीले थप ४ जनालाई अनुसन्धानको दा,’यरामा ल्याएको हो। घटनाको सातौं दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो। मृतक रञ्जना कार्कीको ह,’राएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टो,’ली पुनः घ,’टना स्थल केन्द्रित बनेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए।

हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट बिहीबार मोबाइल भेटिएको हो। रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो। मोबाइल स्विच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो। घटनाबारे थप प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको ने,’तृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी सहित ६ जनाको टोली घटना स्थल पुगेर पुनः अनुसन्धान सुरु गरेको छ

‘घटनामा अन्य व्यक्तिहरुको समेत सं,’लग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेका छौँ, एसपी राईले भने। छि,’मेकीले समेत घटनाको जानकारी नदिँदा प्रहरी अनुसन्धानमा जटिलता भएको थियो। एक जना व्यक्तिले मात्र उक्त घ,’टना गराउन नसक्ने प्रहरीकै केही अधिकारीहरुले ब,’ताउँदै आएका छन्।

लोकबहादुरलाई सार्वजनिक गरेकै दिन सं,’घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवरसहितको अनुसन्धान टोली आ–आफ्नो कार्यालय फर्किएका थिए। थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको टोली घटना स्थलमै रहेको थियो।