भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न पाउनेछन् । यसवर्ष दशैं तिहारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने भएको छ ।