पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा धनुषामा दुई जनाको शव फेला परेको छ ।
सोमबार धनुषाको धनुषाधाम नगरपालिका वडा–२ स्थित धरमपुरमा महिला र एक बालकको शव फेला परेको धनुषाका प्रहरीले जानकारी दिए ।
उनका अनुसार घर छेउमै रहेको पोखरीमा करिब २८ वर्षीया अर्चना सिंह र उनका अन्दाजी ४ वर्षीय छोरा कुश कुमार सिंहको शव फेला परेको हो । स्थानीयले पोखरीमा शव देखेपछि धनुषा प्रहरीलाई जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले पोखरीबाट आमा र छोराको शव निकालेर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ । घटना आत्महत्या वा हत्या के हो भन्नेबारे अनुसन्धानबाट मात्र खुल्ने बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय