आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

हिजो आइतबार प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।