काठमाडौं । मारुती सुजुकीको सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी ब्रेजा कार मासिक ३२ हजार किस्तामा किन्न सकिने भएको छ ।

दशैंतिहार र छठ जस्ता चाडपर्वको अवसरमा मारुती सुजुकीले ‘पर्वोत्सव’ स्कीम सार्वजनिक गरेको हो । यो स्कीममा ब्रेजा किन्ने ग्राहकले १ लाख ७० हजार नगद छुट, एक वर्षको बीमा सुविधा, स्क्र्याचकार्ड मार्फत २० हजारदेखि ७० हजारसम्म नगद जित्ने अवसर, एक्स्चेन्ज गर्ने ग्राहकले १ लाख ५० हजार बोनस, यसअघि सुजुकीका गाडी चढिरहेका ग्राहकले २० हजार लोयलटी बोनस समेत पाउने छन् ।

ब्रेजा भिएक्सआईको मूल्य ४१ लाख ९९ हजार तोकिएको छ । अहिले कम्तीमा १ लाख ९० हजार रुपैयाँ छुट हुन्छ । यो छुट घटाउँदा यसको पर्ने मूल्य ४० लाख ९ हजार रुपैयाँ हुन्छ ।

यसमध्ये ग्राहकले २० लाख ४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नु पर्ने हुन्छ । बाँकी रकम बैंकबाट कर्जा लिन सकिन्छ । अहिले बैंकको व्याजदर बढ्दो क्रममा रहेकाले ग्राहकले कम्तीमा ९ प्रतिशत हाराहारी व्याज तिर्नु पर्ने हुन्छ । ७ वर्षको लागि बैंकबाट बर्जा लिँदा ग्राहकले ३२ हजार २५० रुपैयाँ तिर्नु पर्ने देखिन्छ ।

यदि जेडएक्सआई प्लस वा ड्यूल टोन भेरियन्ट किन्ने हो भने ग्राहकले करिब ३६ हजार रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले मारुती सुजुकी ब्रेजा विभिन्न ३ भेरियन्टमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah