विश्वको शक्तिशाली देश र विकसित देश अमेरिकामा एक भिखारीले अनौठो हर्कत देखाएका छन् । जसले गर्दा एक जना वृद्ध व्यक्ति गम्भीर घाइते भएका छन् ।

न्युयोर्क पोस्टका अनुसार बुधवार बिहान ८ बजे स्टोर बाहिर भिख मागिरहेका भिखारीलाई स्टोरीका वृद्ध कर्मचारीले अलि पर गएर भिख माग्न आग्रह गरे । ६३ वर्षीय वृद्धले पर जान आग्रह गर्ने बित्तिकै ती भिखारी आक्रोशित भए र वृद्धमाथि आक्रमण शुरू गरे ।

शुरूमा ती भिखारीले वृद्धमाथि मुक्का प्रहार गरे, जसले गर्दा वृद्ध भूइँमा खसे । आफूलाई बचाउन वृद्ध पछि हटे । त्यसपछि भिखारीले वृद्धमाथि इँटा नै प्रहार गरे ।

इँटाले लागेर वृद्ध गम्भीर घाइते भए । उनी घाइते भएकै अवस्थामा भिखारी त्यहाँबाट भागे ।

ती वृद्धलाई अस्पताल लगिएको छ । उनको अनुहार र शरीरमा गम्भीर चोट लागेको समाचारमा उल्लेख छ । प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

अलि पर गएर भिख माग्न आग्रह गरेको सामान्य घटनामा भिखारीले वृद्धलाई गम्भीर घाइते बनाउनुलाई आश्चर्यको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय