नेप्सेमा १०४ अंकको उछाल, १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

बुधबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम १०४ अंक माथिको सुधार भएको छ । गत आइतबार एकैदिन १०४ अंकले घटेर २६ सय ९८ विन्दुमा झरेको नेप्से परिसूचक यसको ठीक चार दिनपछि अर्थात् बुधबार सोही दरमा १०४ अंकले नै वृद्धि हुँदै २८ सय १६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयर बजार परिसूचक नेप्से अधिकतम १०४.८८ अंकले बढेर २८ सय १६.९५ विन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.८७ प्रतिशतको वृद्धि हो । गत मंगलबार परिसूचक १३.८३ अंकले बढेर २७ सय १२.०७ विन्दुमा रोकिएको थियो ।
नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १९.४७ अंकले बढेर ५२८.१० विन्दुमा पुगेको छ । त्यसो त यस दिन अधिकतम १३ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट नै लाग्ने गरी वृद्धि भएको छ भने अन्य दर्जन बढी कम्पनीहरुको मूल्य ९ प्रतिशत माथिले बढेका छन् ।
यद्यपि, आज सबै समूह तथा उपसमूहको सेयर मूल्य बढ्दा कारोबार रकममा भने संकुचन आएको छ । यस दिन कुल २१७ कम्पनीका १ करोड २१ लाख कित्तामाथिको सेयर बजारमा ७२ हजार ७१४ पटक किनबेच हुँदा जम्मा ६ अर्ब १७ करोड ९३ लाखको मात्र कारोबार भएको छ । गत मंगलबार १३ अंकले बढेको बजारमा अधिकतम ७ अर्ब ३६ करोड ४७ अर्बको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah