जीवनशैली

पेटको समस्याबाट मुक्ति पाउन यस्तो छ घरेलु उपचार विधि


  काठमाडौं   सवाल नेपाल   २०७८ आश्विन ७, ०८:३७

धेरैजसो मानिस खाना खाएपछि ओछ्यानमा पल्टिन्छन् । यसो गर्दा खाना राम्ररी पच्दैन र अनेकथरी समस्या उब्जिन्छ ।

खासमा हाम्रो पाचन प्रणालीले पेटमा एउटा एसिड वा अम्ल निकाल्छ जसले पाचनलाई दुरुस्त राख्छ । तर यो एसिड आवश्यकताभन्दा बढी बन्दा पेटसम्बन्धी समस्या आइलाग्छ ।

हुन त एसिडटीका विभिन्न कारण हुन्छन् तर हामी यहाँ केही कारण बताउँछौँ जसलाई चिनेर तपाईं उपचार थाल्न सक्नुहुन्छ ।​

एसिडटीका कारणहरू

खानपानमा अनियममितता
खाना राम्ररी नपच्नु
पर्याप्त पानी नपिउनु
मसला धेर भएको खानेकुरा खानु
तनावग्रस्त हुनु
धूम्रपान
लामो समय भोको बसेमा

एसिडिटीका लक्षण

पेट पोल्ने
छाती पोल्ने
वाकवाकी लाग्ने
अमिलो डकार आउने
कम भोक लाग्ने

उपचार

छाती पोल्न थाल्यो भने अलैंची सेवन गर्नुस् । फाइदा हुन्छ ।

अदुवाको रसमा कागती र मह हालेर पिउनुस् । पेट पोलेको ठीक हुन्छ र एसिडिटीको समस्या गायब हुन्छ ।

सूप धेरै गुणकारी मानिन्छ । खाना खाएपछि सूप खाँदा मजाले पचाउँछ । पेट पोलेको पनि यसले ठीक गर्छ ।

तपाईंलाई भोक लाग्दैन र पेट पोलिरहन्छ भने अश्वगन्धा सेवन गर्नुस् । फाइदा हुन्छ ।

एसिडिटीको उपचारमा चन्दनको उपयोग शताब्दियौंदेखि भइरहेको छ । पेटमा ग्यास भरिने समस्या छ भने चन्दन प्रयोग गर्नुस् । यसले चिसो बनाउँछ र पेट पोलेको, छेरपटी लागेको र पेटको गडबड ठीक पार्छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार