आज बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री दर ११८.५० र खरिद दर ११७.९० रुपैयाँ तोकेको छ । यस्तै, एक यूरोको बिक्री मूल्य १३९.०२ र खरिद दर १३८.३१ तथा पाउण्डको बिक्री १६१.७० र खरिद दर १६०.८८ रुपैयाँ कायम भएको छ ।यसका साथै, स्वीस फ्र्यांकको बिक्री मूल्य १२८.४९ र खरिद दर १२७.८४ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्री दर ८५.९२ र खरिद दर ८५.४९ रुपैयाँ तोकिएको छ । यस्तै, एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८७.६७ र खरिद दर ८७.२३ रुपैयाँ छ ।
यसका साथै, १० जापानी येनको बिक्री दर १०.८२ र खरिद दर १०.७६ तथा चिनियाँ युयानको बिक्री १८.३२ र खरिद दर १८.२३ कायम छ । साउदी अरबियन रियालको बिक्री ३१.६० र खरिद ३१.४४ रुपैयाँ कायम हुँदा कतारी रियालको बिक्री ३२.५५ र खरिद ३२.३८ रुपैयाँ तोकिएको छ ।यता संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.२६ र खरिद दर २१.१० तथा मलेसियन रिंगटको बिक्री दर २८.२६ र खरिद दर २८.१२ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।
आजको विनिमय दर हेर्नुहोस




