विश्वभर आइफोन चलाउनेको संख्या दुई अर्ब पुगेसँगै एप्पलले फेरि नयाँ रेकर्ड बनाएको छ।

आइफोनका सस्तादेखि महँगा मोडलमा उपभोक्ताको आकर्षण बढे लगतै आइफोनको बिक्री दुई अर्बभन्दा बढी भएको एप्पल इन्साइडरले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाल एप्पलले आधिकारिक रुपमा आइफोनका नयाँ मोडलहरु मात्र बिक्री गरिरहेपनि बजारमा पुराना मोडलका आइफोन किन्नेको संख्या धेरै छ। यसले गर्दा उपभोक्ताले एक हजार छ सय अमेरिकी डलर पर्ने नयाँ ‘आइफोन–१३ प्रो म्याक्स’ देखि ‘आइफोन–११’ र अन्य थुप्रै पुराना मोडल किन्ने विकल्प पाएका छन्। होरेस डेडियूको रिर्पोट अनुसार हाल संसारभर एक अर्बभन्दा सक्रिय आइफोन प्रयोगकर्ता छन् र अमेरिकामा यसको ६० प्रतिशत मार्केट सेयर छ। एन्ड्रोइडबाट आइफोन चलाउने व्यक्तिको संख्या बढ्दै गएको कारण यसको प्रयोगकर्ता धेरै भएको एप्पल इन्साइडरको भनाइ छ।

साथै नयाँ आइफोनमा भएका थुप्रै फिचरहरुले गर्दापनि उपभोक्ताहरु यो उपकरण किन्न आकर्षित भएको देखिन्छ।

एप्पलले केही हप्ताअघि सार्वजनिक गरेको ‘आइफोन–१३’ सिरिजको धेरै माग आउन थालेको छ। कम्पनीले सेप्टेम्बर २४ देखि विश्वभर यसको बिक्री सुरु गर्नेछ।