ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–७ मा एक युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान फुङलिङ नगरपालिका–४ स्थित भानु जन माविमा अध्ययनरत १८ वर्षीया पुष्पा तबेबुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरीले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार साँझ घरबाट हराएकी पुष्पाको शव नजिकै विषको बट्टा समेत फेला परेको जानकारी दिएका छन् ।

चट्टानमाथि मृतकको झ्याकेट भेटिएको र शव चट्टानमुनि फेला परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।