स्थानिय तह दोस्रो चरणको निर्बाचन अन्तरगत असार १४ गते सम्पन्न निर्बाचनको मतगणनाका क्रममा प्यूठान नगरपालिका वडा नं। ६ को अध्यक्षपदमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई बराबर मत देखिएपछि आज गोलाप्रथा गराउँदा नेपाली कांग्रेसकालाई चिठ्ठा परेको छ ।
प्यूठान नगरपालिकाको कार्यालय विजुवारमा आज दिउसो नेपाली कांग्रेस र माओवादी केन्द्रबाट अध्यक्षका उमेदवारहरु उपस्थित भई चिठ्ठा तान्दा यस्तो परिणाम आएको हो । कांग्रेसलाई चिठ्ठा परेपछि प्यूठान नगरपालिकामा २ वडा वडाको नेतृत्व कांग्रेसले हात परेको छ ।
यस्तै वडा नं. १० राष्टिय जनमोर्चाले जित हातपारेको छ भने अन्य सबै वडामा एमाले बिजयि भएको छ । तर एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा आफै चुनाव लड्नु भएको प्यूठान नगरपालिकाको मेयर पदमा भने हार खानु भएको छ । यस्तै उपाध्यक्षमा भने एमालेकै शान्ता आचार्य बिजयी हुनु भएको छ ।
आज भएको चिठ्ठा कार्यक्रम सँगै प्यूठानको सबै तहको निर्बाचनको परिणाम सार्बजनीक भइसकोछ । प्यूठानको अन्तिम नतिजा आउँदा सम्म जिल्लाका ९ स्थानिय तहमा एमाले र कांग्रेस बराबरको स्थितीमा देखा परेकाछन् । एमाले र कांग्रेसले तिन तिन अोटा तहमा जित हाँसिल गरेकाछन् । यसैगरी राजमोले २ र माओवादी केन्द्रले प्यूठान नगरपालिकाको मेयर पद हात पार्न सफल भएको छ ।
तर सबैको चासोको रुमा हेरिएको प्यूठान नगरपालिकामा राजमो र माओवादी केन्द्र बिचमा तलमेल भएको थियो । राजमोले माओवादी केन्द्रलाई मेयरपदमा सहयोग गरेपनि माओवादी केन्द्रले भने राजमोलाई उप मेयरमा असहयोग गरेको कार्यकर्ताको प्रतिकृया छ । नेपाली कांग्रेसले नौबहिनी, गौमुखी र ऐरावती गाउँपालिकामा जित हात पारेको छ भने एमालेले स्वर्गद्धारी नगरपालिका, सरुमारानी र माण्डवी गाउँपालिकामा जित हात परेको छ ।
यस्तै राजमोले मल्लरानी र झिमरुक गाउँपालिकामा जित हात परेकोछ । तर उप प्रमुख पदमा नेपाली कांग्रेसले १ तहमा, एमालेले २ तहमा र माओवादील ३ तहमा जितेकाछन् यस्तै राजमोले पनि २ वटा प्रमुख सँगै २ वटै उपप्रमुखमा जितेको छ । दलहरु बिचको तलमेल अनुसार नेपाली कांग्रेस र माओवदी केन्द्र बिच तालमेल भएको नौ बहिनी गाउँपालिकामा मात्रै तालमेल पूर्ण रुपमा सफल देखिएको छ ।



