मोरङको सुनवर्षी नगरपालिकामा अन्न कुटानी पिसानी हुने मिलमा आगलागी भएको छजिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति करिब पौने १० बजे नगरपालिका ३ स्थित मिलमा आगलागी भएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले स्थानीय अरुण सिंहले सञ्चालन गर्दै आएको मिलमा आगलागी भएको हो।

आगलागीबाट मिलमा पूर्ण क्षति भएको छ । स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति साढे ११ बजे आगो नियन्त्रणमा आएको थियो।आगलागीको कारण थाहा भएको छैन । आगलागिमा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ।