काठमाडौंको कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका-१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ’ उनले भनिन्, ‘टिकाभैरवसम्म बोकेर ल्याउँदैछन्, त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिनेछ ।’गत मंगलबार राति कपनस्थित ढलमा १० वर्षीय उज्जवल विक खसेका थिए ।