सवारी दुर्घटनामा एकको मृत्यु भएपछि झापामा स्थानीयले पूर्व–पश्चिम राजमाग अवरुद्ध गरेका छन् । सोमबार बिहान प्रदेश नम्बर–०३–००१क ००९५ नम्बरको टिपरले को.२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईधारमा टिपरले ठक्कर दिँदा हाथी गाडीको चालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा गाडीचालक दमक– ९ का अन्दाजी ४० वर्षीष नेत्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । माईधारमा ट्राफिकको चेकिङमा ‘स्लो’ गर्ने क्रममा उक्त गाडीलाई टिपरले ठक्कर दिएको थियो । स्थानीयले ट्राफिकले गलत ठाउँमा चेकिङ गरेको भन्दै सडक अवरुद्ध गरेका छन् । उनीहरूले सडकमा टायर बालेर सडक अवरुद्ध गराएका हुन् । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु भएपछि झापामापूर्व–पश्चिम राजमाग अवरुद्ध
सवाल नेपाल संवाददातासोमबार, ११ असोज २०७८

सवारी दुर्घटनामा एकको मृत्यु भएपछि झापामापूर्व–पश्चिम राजमाग अवरुद्ध
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



