बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक महादेवटार –८ का टेक बहादुर तामाङ रहेका छन्।

मलेसियाको सिन याङ प्लाइवुड एसडिएन बिएचडी नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ अचानक ड्युटीमा नै ढलेपछि नजिकैको अस्पताल लैजादै गर्दा मृत्यु भएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

९ वर्षअघि मलेसियामा काम गर्दै आएका उनी विगत केही महिनादेखि प्रेसरको रोगी रहेको र डाक्टरको सल्लाह अनुसार नियमित औषधी सेवन गरिरहेको थिए ।

उनको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि स्वदेश फर्काउने तयारी थालिएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।