विगत १५ वर्षदेखि केरा खेती गर्दै आएका नवलपरासीको प्रतापपुर गाउँपालिका ६ का किसान मोतीलाल कोइरी यस वर्ष निकै चिन्तित बनेका छन् । १० बिगाहा क्षेत्रफलमा उनले गरेको केरा खेतीले बजार नपाएपछि बोटमै पाकेर झर्न थालेकाले उनी चिन्तित बनेका हुन्
निकै परिश्रम र लगानी गरेर उत्पादन गरेको केराले नेपाली बजारमा भाउ नपाएपछि कुहिने डरले उनी सस्तोमै बेच्न बाध्य भएको बताउँछन् । उनले भने, ‘केरा बोटमा तयार छ केही बोटका केरा पाकेर झर्न थालेका छन्, व्यापारीहरू नेपाली केरा महँगो भन्दै भारतीय बजार धाइरहेका छन् ।’

नेपाली केराभन्दा भारतीय केरा प्रति दर्जन १० रुपैयाँ सस्तोमा पाउने हुँदा नेपालको विभिन्न बजारका भारतीय केरा छ्याप्छ्याप्ती पाउन थालेपछि नेपाली केराको बजार घट्दै गएको छ । जिल्लाका किसानले गत वर्ष केरा प्रति दर्जन ४० देखि ४५ रूपैयाँसम्ममा विक्री गरेका थिए तर यस वर्ष चाडबाडका बेला नेपाली बजारमा भारतीय केराको बिगबिगीले प्रतिदर्जन २५ देखि २८ रुपैयाँमा बिक्री गर्न बाध्य रहेको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए ।

चाडबाडका बेला व्यापारीहरू सस्तो खोज्दै भारतीय केरा भित्र्याउन थालेपछि नेपाली केराले बजार पाउन छोडेको छ । किसानहरू केरा त उत्पादन गर्छन् तर उचित मूल्य र बजार नपाएका कारण किसानहरू केरामा आत्मनिर्भर बन्न सकिरहेका छैनन् । ‘बर्सेनि यही समस्या छ, प्रत्येक वर्ष भारतीय केराको आयात रोक्न ज्ञापन पत्र र डेलिगेशनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई तथा पहल भएको पाइँदैन,’ अध्यक्ष यादवले भने ।

भारतीय केराको आयात रोक्न किसानहरुले लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका छन् । मन्त्री रायमाझीले समस्या समाधान गर्न पहल गर्ने र लुम्बिनी प्रदेश बाहेकका बजारमा पनि केराको आपूर्ति सहज गराउन पहल गर्ने आश्वासन दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah