
कांग्रेस नेता कृष्ण सिटौलाको गृहनगर झापाको भद्रपुरको मेयर उपोयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा जीवन कुमार श्रेष्ठ र उपमेयरमा चन्द्रा श्रेष्ठ विजयी भएका छन् । मेयरमा जीवनले ११०४२ ल्याउँदा उनका प्रतिस्पर्धि कांग्रेसका गणेश पोख्रेलले ७२१५ ल्याए।यता उपमेयरमा चन्द्राले १०६५० मत ल्याउँदा कांग्रेसकी तारा भूर्तेलले ६४९८ मत प्राप्त गरिन् ।
सिटौला मतदाता रहेको वडा नं १० को मत परिणामसंगै भद्रपुरको नतिजा सार्वजनिक भएको हो । उक्त वडामा दोब्बर मत अन्तरले एमालेका टेकबहादुर खड्का९काजी० विजयी सहितको प्यानलनै विजयी भएको छ । १० वटा वडा रहेको भद्रपुरको ७ वटा वडा एमालेले जितेको छ भने दुईता कांग्रेस र एउटा माओवादीले जितेको छ ।
कांग्रेस नेता कृष्ण सिटौलाको गृहनगर झापाको भद्रपुरको मेयर उपोयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा जीवन कुमार श्रेष्ठ र उपमेयरमा चन्द्रा श्रेष्ठ विजयी भएका छन् । मेयरमा जीवनले ११०४२ ल्याउँदा उनका प्रतिस्पर्धि कांग्रेसका गणेश पोख्रेलले ७२१५ ल्याए।यता उपमेयरमा चन्द्राले १०६५० मत ल्याउँदा कांग्रेसकी तारा भूर्तेलले ६४९८ मत प्राप्त गरिन् । सिटौला मतदाता रहेको वडा नं १० को मत परिणामसंगै भद्रपुरको नतिजा सार्वजनिक भएको हो । उक्त वडामा दोब्बर मत अन्तरले एमालेका टेकबहादुर खड्का९काजी० विजयी सहितको प्यानलनै विजयी भएको छ । १० वटा वडा रहेको भद्रपुरको ७ वटा वडा एमालेले जितेको छ भने दुईता कांग्रेस र एउटा माओवादीले जितेको छ ।



