झापाको प्रमुख ब्यापारीक केन्द्रको रुपमा रहेको बिर्तामोृड नगरपालिकामा एमालेले कब्जा जमाएको छ ।झापाको बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । 
मेयरमा ध्रुवकुमार शिवाकोटीले ९ हजार ११० मत र र उपमेयरमा पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरी विजयी भएका हुन् ।
उम्मेद्वार चयनको बिषयमा अन्तिम समयसम्म बिबाद रहेपछि यसलाइ एमालेले गुमाउन सक्ने आकलन गरिएको थियो । तर एमालेले यहाँ सहज जित हासिल गरेको छ ।



