सुनसरीको दुहबी नगरपालिका–१० चरैयस्थित सडकमा को.१९ प ५०८ नम्बरको मोटरसाइकल बिद्युतको पोलमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–११ बस्ने ४५ वर्षीय ईश्वरचन माझी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगर हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चितवनको भरतपुर महानगरपालिका–२९ दाशढुंगास्थित सडकमा आरजे ०५ जीबी ४८८१ नम्बरको लहरीले प्रदेश ०३–००४ प ४०१७ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार गोरखा नगरपालिका–९ बस्ने २१ वर्षीया अन्जु घर्ती मगर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक उनकै श्रीमान २४ वर्षीय श्रीराम रानाको सोही अस्पतालमा उपचार भइरहेको छ । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको विराटनगर महानगरपालिका–१४ भगवती टोल बस्ने अमर महतोको ९ महिनाको छोरा सुनिल महतोको हाल नम्बरको नखुलेको सिटी सफारीको ठक्करबाट शनिबार साँझ मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।