कोसी टप्पु वन्यजन्तु आरक्षण आसपास लामो समयदेखि उपद्रो मच्चाउँदै आएको मकुना नामक हात्ती आइतबार मृत फेला परेको छ। कोसी टप्पु वन्यजन्तु आरक्षण कार्यालय नजिकै मृत अवस्थामा भेटिएको आरक्षले जानकारी दिएको छ।

आरक्षणका प्रमुख अशोक रामका अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको जस्तो देखिएपनि कारण खुल्न हुन सकेको छैन। धानबारीमा मृत भेटिएको हात्तीको वरपर तारसमेत नभएकोले कारण खुल्न हुन नसकेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नजिकका बस्तीमा उपद्रो मच्चाउने गरेपछि आजित भएर केही स्थानीय प्रशासनले हात्ती मार्ने योजनासमेत बनाएको थियो। सुनसरी प्रशासनले सो विषयमा बैठक नै बसेर छलफल गरेको थियो। सर्वत्र विरोध भएपछि प्रशासन निर्णयबाट पछि हटेको थियो।