झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडस्थित नयाँ बसपार्क सहित जिल्लाका १९ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सबै मातहतमा रहेर यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

ट्राफिक व्यवस्थापन चुस्त राख्दै सडक दुर्घटना न्यूनीकरण गर्नु ट्राफिक प्रहरीको प्रमुख दायित्व हो । तर, चाडपर्वको समयमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु ठगिएलान् कि भन्ने चिन्ताले ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको बताइएको छ ।

चाडपर्व नजिकिएसँगै सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु ठगिने गरेका गुनासा हरेक वर्ष आउने गरेका छन् । यो वर्ष पनि यस्ता गुनासा नआउलान् भन्न सक्ने अवस्था छैन । त्यसैलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले टेकबहादुर गिरी नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईँले बताए । चापागाईँका अनुसार ६६ औं प्रहरी दिवसको अवसरमा नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

यो अर्जुनधारा नगरपालिका ११ मा अवस्थित टेकबहादुर गिरी बसपार्क हो । यो बसपार्क अर्जुनधारा नगरपालिकामा रहे पनि यसलाई बिर्तामोडस्थित नयाँ बस पार्कका नामले चिनिन्छ । भारतीय राजदूतावासको सहयोगमा वि।सं। २०६७ सालमा स्थानीय जग्गादाताले २ बिगाहा ८ कट्टा क्षेत्रफलमा बसपार्कका नाममा उपलब्ध गराएपछि यसको स्थापना भएको हो । यो बसपार्कबाट पूर्वी पहाडी जिल्ला सहित नेपालका विभिन्न ठाउँमा दिनहुँ सयै सवारी साधन यात्रु लिएर आवतजावत गर्छन् ।

मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा विकास भएको झापाको बिर्तामोडलाई व्यवस्थित गर्न झन्डै तीन करोड रुपैयाँको लागतमा यो बसपार्क निर्माण गरिएको हो । तर यो बसपार्क अझैँ व्यवस्थित भने हुन सकेको छैन । जसका कारण सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु ठगिलाएनन् भन्ने चिन्ता हरेक वर्ष हुने गरेको छ । जसका कारण हरेक वर्ष यो समयमा बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना हुँदै आएका छन् । ट्राफिक प्रहरीको अगुवाइमा यात्रु सहायता कक्ष स्थापना भए पनि बसपार्क क्षेत्रमा यातायात व्यवसायीको उपस्थिति नहुँदा कमिसनका कारण यात्रुहरू ठगिने गरेको टेकबहादुर गिरी नयाँ बसपार्कका संयोजक धनराज गुरुङले बताए ।

सार्वजनिक यातायातमा यात्रा गर्ने कुनै पनि यात्रुले ठगिनु नपरोस् भन्ने अभिभारा स्थानीय सरकारको पनि हो । तर,यो बसपार्कमा स्थानीय सरकारको उपस्थिति नहुँदा यातायात व्यवसायीमा हानथापको अवस्था छ । जसका कारण यो बसपार्कले चोहेजति विकास गर्न सकेको छैन । अर्जुनधारा र बिर्तामोड नगरपालिकाको स्वामित्व विवादका कारण यो बसपार्क लामो समयदेखि व्यवस्थित हुन नसक्दा यात्रु ठगिने निश्चित छ । तर, चाडपर्वलाई लक्षित गर्दै प्रहरीले देश भर नै सुरु गरेको अभियान अन्तरगत बिर्तामोडमा ट्राफिक प्रहरीले स्थापना गरेको यात्रु सहायता कक्ष स्थापनाका कारण यो बसपार्कबाट सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ठगिनबाट जोगिन सहयोग पुग्छ भन्ने विश्वास गर्न सकिन्छ । किनकि यो अभियानमा ट्राफिक प्रहरीले यातायात व्यवसायी, यातायात क्षेत्रमा काम गर्ने मजदुर , सरोकारवाला निकाय सबैसँग हातेमालो सचेतना अभियानका कार्यक्रमलाई अघि बढाएको छ ।

प्रहरी दिवसमा तपाइको मास्क खोइ अभियानसँगै वृक्ष रोपण

झापा, ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीले तपाइको मास्क ओइ अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा सहित झापामा रहेका सबै प्रहरी युनिटले यो अभियानसँगै एक प्रहरी एक बिरुवा अभियान समेत सञ्चालन गरेका छन् । अभियान अन्तरगत इलाका प्रहरी कार्यालय अनारमनिले बिर्तामोडस्थित नयाँ बसपार्कमा तपाइको मास्क खोइ अभियान सञ्चालन गरेको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले एक प्रहरी एक बिरुवा अभियान सञ्चालन गरेको छ ।
अभियान अन्तरगत बिर्तामोडस्थित निर्माणाधीन ट्राफिक प्रहरी भवन परिसरमा आज वृक्ष रोपण गरिएको छ । वृक्षारोपण अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईँले फलफूलका बिरुवा रोपेर अभियानको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah