युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे २८औँ वार्षिक साधारण सभा कात्तिक ११ गते दिउँसो ३ः४५ बजेदेखि भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुासर गत आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूका लागि प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुकक्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, असाेज २४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :